देउसी भैलो खेल्नेको घाईचो

काठमाडौं, ३० कात्तिक । भाई टीका लगाए पछि राजधानीका विभिन्न स्थान, घर, टोलमा देउसी भैलो खेल्नेको उल्लेख्य घुईचो लागेको छ ।
निधारमा टीका, गलामा सयपत्री तथा कहिल्यै नओईलाउने मखमली फूलको माला लगाएर देउसी भैलो खेल्नेको घुईचो लागेको हो ।
विभिन्न समूह बनाएर आउने देउसी भैलोको समूहले लय मिलाएर भट्टाउने गरेका छन् । उनीहरुले घर मूलीलाई आशीर्वाद दिनुका साथै दीर्घायुको कामना समेत गर्ने गर्छन् ।
अन्तमा घर मूलीले आफ्नो गच्छे अनुसार दानदक्षिणा दिएर देउसी भैलो खेल्ने समूहलाई विदा गर्छन् ।
देउसी भैलोमा परम्परागत भट्टाउने चलन हराएको जानकारहरुको भनाई छ । राजधानीका टोलमा हिन्दी भाषाका गीत बजाउने तथा ड्रमसेट बजाएर नाचगान गर्ने गरिएका प्रसस्त उदाहरण पनि देखिएका छन् ।
त्यसै गरी मदिरा सेवन गर्ने, झैझगडा गर्ने पनि प्रसस्त पाईएको महानगरीय प्रहरीको भनाई छ । तिहारका अवसरमा हुलहुज्जत गर्ने तथा अराजकता फैलाउन खोज्ने केही लाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया