नेपालगञ्ज, २९ कात्तिक । जडीबुटी परीक्षणका लागि सरकारले दुई वर्षअघि बाँकेमा स्थापना गरेको जडीबुटी ल्याब अहिले प्रयोगविहीन भएको छ ।
१३ लाख मूल्यबराबरको सो ल्याब प्राविधिक कर्मचारीको अभावमा तीन महिनादेखि सञ्चालनमा आउन नसकेको हो ।
विशेषतः तैलीय जडीबुटी परीक्षण गरिने ल्याबका महत्वपूर्ण उपकरण समेत प्रयोगमा आउन नसकेपछि जडीबुटी व्यवसायीले सास्ती भोग्नुपरेको छ ।
मध्यपश्चिमाञ्चलका विभित्र जिल्लाबाट संकलित जडीबुटी नेपालगञ्जमा भण्डारण र परीक्षण गरी भारतका विभित्र सहरलगायत तेस्रो मुलुकमा निकासी गर्ने उदेश्य राखिएको थियो ।
तथ्यांकअनुसार, बाँके जिल्लाको नेपाल—भारत सीमा नाकाबाट भारत, अमेरिका, चीन, पाकिस्तान, बङ्गलादेश, फ्रान्स, स्विट्जरल्यान्ड, अस्टे«लिया, जर्मनलगायतका मुलुकमा प्रत्येक वर्ष सरदर ७० लाख किलो जडीबुटी निर्यात हुँदैआएको छ ।
रिठा, अमला, टिम्मुर, काउलो, सतुवा, बोझो, सालनदाना, चिराइतो, प्राउनबोक्रा, सुठो, सोफनल, दालचिनी, अमरदाना, जटामासीलगायतका जडीबुटी निर्यात हुने गरेको छ ।
प्रतिक्रिया