काठमाडौ, २८ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शम्शेर राणाले मुलुकलाई राजनीतिक निकास दिनका लागि तत्काल सहमति हुने संभावना नरहेको बताएका छन् ।
उनले सहमति नभए विपक्षी दलहरुको आन्दोलनले प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको सरकारलाई सडकबाटै फाल्ने दावी गरे ।
आफ्नै निवास महाराजगञ्जमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले लामो समयसम्म प्रयास गर्दा पनि सहमति नभएकाले अब तत्काल सहमति बन्ने सम्भावना नरहेको बताए ।
उनले अबको तीन दिनमा सहमतिबाट मुलुकलाई निकास दिनु अनिर्वाय रहेको समेत उल्लेख गरे ।
सहमतिविना पूर्ण बजेट आउनै नसक्ने बताएका उनले दलहरुवीच पूर्ण बजेटमा सहमति हुने सम्भावना नरहेको बताए ।
प्रतिक्रिया