रौतहट, २८ कात्तिक । रौतहटको चन्द्रनिगाहपूरमा बसको ठक्कसरबाट औषधि व्यवसायी सन्तलाल साहको मृत्यु भएको छ ।
आज विहान ना ३ ख ५२५९ नम्बरको बसले ठक्कर दिँदा चन्द्रनिगाहपुरमा औषधि व्यवसाय गर्दै आएका साहको मृत्यु भएको प्रहरीले जनाएको छ ।
विहान हिडिरहेका ४० वर्षीय साहलाई काठमाडौंबाट पूर्व जाँदै गरेको बसले ठक्कर दिएको हो । ठक्कर दिने बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बसका चालक भने फरार भएका छन् ।
गलत साइडबाट आएको बसले साहलाई ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । मृतक साह चन्द्रनिगाहपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष समेत हुन् ।
प्रतिक्रिया