सोसल मिडियाकै हिट तस्बिर

वासिंगटन : अमेरिकामा पछिल्लो साता भएको निर्वाचनमा दोस्रो कार्यकालका लागि समेत विजयी भएका राष्ट्रपति बाराक ओबामाले जितपछि आङ्खनो फेसबुक वाल र ट्विटर अकाउन्टमा एउटा खास तस्बिर ‘पोस्ट’ गरे । आश्चर्य, त्यो तस्बिरले सामाजिक सञ्जाल ‘सोसल मिडिया’मा नयाँ इतिहास कायम गर्‍यो ।
यो तस्बिर सबैभन्दा बढी ट्विट गरिएको तस्बिर बन्न पुग्यो, साथै फेसबुकमा पनि यो तस्बिर सर्वाधिक ‘लाइक’ गरिएको तस्बिर बन्यो । यो तस्बिर अमेरिकी फोटो पत्रकार स्काउट तुङ्खयांकजियनले ओबामाले सिकागोमा समर्थकहरूलाई सम्बोधन गरेपछिको अवस्थामा खिचेकी थिइन् । तस्बिरमा ओबामा र पत्नी मिसेल हार्दिक रूपमा आलिंगनबद्ध छन् ।
स्काउट ‘ब्रेकिङ न्युज’ को खोजीमा विश्वभरि घुमिरहेकी हुन्छिन् । तर, उनले फोटो पत्रकारका रूपमा आङ्खनो करिअरको सुरुआत भने उत्तरी आयरल्यान्डबाट गरेकी थिइन् । आफूले खिचेको तस्बिरलाई ओबामाले ट्विट गरेको र त्यसले सोसल मिडियामा इतिहास रचेको थाहा पाएपछि आश्चर्य मान्दै उनले भनिन्, ‘कुरा मैले खिचेको फोटोको होइन, बरू हो के भने मानिसहरू ओबामा परिवारलाई कति मन पराउँदा रहेछन् †’ (एजेन्सी)

प्रतिक्रिया