जापानले क्षेप्यास्त्र पत्ता लगाउने ड्रोन बनाउने

टोक्यो : जापानले भविष्यमा एक विशेष मानवरहित विमान (ड्रोन) को निर्माण प्रविधि विकसित गर्ने योजना बनाइरहेको छ । ड्रोन विमानको विकास गरेपछि त्यो उत्तर कोरियाबाट हुन सक्ने परमाणु क्षेप्यास्त्र आक्रमणबारे थाहा पाउन र चीनको सैन्य ढाँचालाई प्रत्युत्तर फर्काउनसमेत सहायक हुन सक्नेछ । जापानी समाचारपत्र ‘योमुरी सिम्बुन’ ले जनाएअनुसार रक्षा मन्त्रालयले यस किसिमको ड्रोन विमान विकसित गर्न तीन अर्ब येन (झन्डै तीन अर्ब रुपियाँ) माग गरेको छ । यो रकम चार वर्षका लागि मागिएको हो ।

समाचारमा जनाइएअनुसार प्रस्तावित ड्रोन विमान सन् २०२० सम्म परिचालनमा आइसक्नेछ । यो ड्रोन सबै किसिमका आधुनिक प्रविधिबाट युक्त हुनेछ । हाल चीनसित केही द्वीपसम्बन्धी विवाद चलिरहेको र उत्तर कोरियाबाट निरन्तर परमाणु आक्रमणको खतरा देखा परिरहेको सन्दर्भमा जापानले यो ड्रोन विमान विकसित गर्ने योजना बनाएको हो । (एजेन्सी)

प्रतिक्रिया