गुप्तचर पूर्वप्रमुखलाई १३ वर्ष जेल

बेंगुई : मध्यअफ्रिकी गणतन्त्रका राष्ट्रपति फ्रयाङ्कोइस बोजिजीले आङ्खनै छोरा केभिन बोजिजीलाई पक्राउ गर्ने र थुन्ने आदेश जारी गरेका छन् । उनको छोराको दोष के भने, उनले राजधानी बेंगुईस्थित एउटा पाँचतारे होटलमा खाना खाएर त्यसको बिल भुक्तानी गरेनन् । होटलमा खाना र अन्य सेवाग्रहण गरेबापत उनको बिल लगभग १२ हजार युरो (१५ हजार अमेरिकी डलर) उठेको थियो ।
फ्रान्सेली समाचार संस्था एएफपीले जनाएअनुसार केभिन बोजिजीले बिल भुक्तानी नगरेपछि होटल व्यवस्थापनले प्रहरी गुहार्‍यो र त्यसपछि होटल म्यानेजर र केभिन दुवैलाई पक्राउ गरियो । प्रारम्भिक छानबिनपछि म्यानेजरलाई निर्दोष ठहर गरी रिहा गरियो भने केभिन पछिल्लो एक सातादेखि प्रहरी हिरासतमै छन् ।
केभिन बोजिजीलाई मध्यअफ्रिकी गणतन्त्रका ‘उच्चस्तर’ –हाइप्रोफाइल– व्यक्तिका रूपमा हेरिन्छ । स्रोतअनुसार राष्ट्रपति फ्रयाङ्कोइसले आङ्खना उच्चपदस्थ पदाधिकारीहरूलाई ‘कुनै पनि स्तरमा गरिएको वा गरिने गलत कार्य सहन नसकिने’ सन्देश प्रवाहित गर्नका लागि यो निर्णय लिएका हुन् । (एजेन्सी)

 

प्रतिक्रिया