मोबाइलभन्दा सानो कुकुर

लन्डन : पत्याउनुहुन्छ– कुनै कुकुर तपाईंले प्रयोग गर्ने मोबाइलभन्दा पनि सानो हुनसक्छ ? आश्चर्य नमान्नुस्, बेलायतमा ‘मेसी’ नाम राखिएको एउटा कुकुरको उचाइ मोबाइलजति पनि छैन । यो विश्वकै सबैभन्दा सानो कुकुर हो । टेरियर प्रजातिको यो कुकुर जन्मिँदा यसको वजन केवल ४५ ग्राम थियो । यद्यपि, टेरियर जातिका कुकुरमा पनि यति थोरै वजन पाइँदैन । कुकुरधनी महिलाले नै यसको नाम मेसी राखेकी हुन् । मेसीको उमेर अहिले तीन महिना भएको छ र उसको वजन बढेर ११८ ग्राम पुगेको छ । कुकुरधनी भन्छिन्, ‘मेसी जन्मेपछि मलाई यति सानो छाउरो बाँच्ला जस्तो लागेकै थिएन । तर, यो केवल बाँचेको मात्र होइन, बरु यसको नाम गिनिज बुक अफ वल्र्ड रेकडर््समा समावेश गर्न अनुरोधसमेत गरिसकिएको छ ।’
त्यसो त गिनिज बुकमा कुनै जनावरको रेकर्ड समावेश गर्नका लागि पहिलो सर्त भनेको सम्बन्धित जनावर कम्तीमा १२ महिना पुगेकै हुनुपर्छ । (एजेन्सी)

प्रतिक्रिया