महिलाको रहस्यमय मृत्यु

चितवन, २६ कात्तिक । चितवन जिल्लाको माडी बघौडा–२ मा आज एक महिलाको रहस्यमयरूपमा मृत्यु भएको छ ।
बिहान परालको टौवामा घोप्टो परेको अवस्थामा अन्दाजी ३८ वर्षीय महिला मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा स्थानीय इन्द्रकुमारी महतो रहेकी छन् । उनको शवलाई पोष्टमार्टमका लागि भरतपुर अस्पतालमा पठाइएको माडीका प्रहरी निरीक्षक गोविन्दसिंह ठकुरीले बताए ।
उनको शरीरमा कुनै डाम नदेखिएको मुखबाट फिँज आएकाले विषादीका कारण मरेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।
एक वर्षअघि बोक्सीको आरोपमा सोही गाउँकी ढेगनी महतोलाई आफ्नै परिवारले कुटीकुटी मारेका थिए ।

प्रतिक्रिया