बाजुरा, २५ कात्तिक । बाजुरा जिल्लाकै विकट गाविसका रुपमा चिनिने दहकोट गाविसमा आज पहिलो पटक समान ढुवानीको साधन खच्चड सेवा पुगे पछि स्थानीय खुसी भएका छन् ।
बाटो मर्मत गरे पछि खच्चड पहिलो पटक पुगेको स्थानीय शिक्षक कर्ण रोकायाले जानकारी दिए । यस अघि सो गाविसमा मान्छेले नै समान ढुवानी गर्दै आएका थिए ।
सुर्जभान सार्कीले सामान बोकाएर आफ्ना खच्चड पुराएका हुन् । भौगोलिक विकटताका कारण जिल्लाका अझै पनि बिच्छ्या, साप्पाटा रुगीनलगायतका गाविसमा खच्चड सेवा समेत पुग्न सकेको छैन् । (तस्विर गुगल)
प्रतिक्रिया