‘सरकार सत्ता लम्बाउन लागेको छ’

काठमाडौं, १३ कात्तिक । विपक्षी दलहरुले देश अत्यन्त संवेदनशील तथा गम्भीर राजनीतिक संकटमा रहेको स्थितिमा एमाओवादी र मधेसी मोर्चाको गठबन्धनले मुलुकलाई निकास दिने भन्दा पनि सत्ता लम्बाउन तर्फ लागेको आरोप लगाएका छन् ।
कांग्रेस पार्टी कार्यालय सानेपामा आज बसेको विपक्षी दलहरुको बैठकले सरकारले राष्ट्रिय सहमतिको दिशातर्फ अग्रसर हुनुको सट्टा सत्ता लम्ब्याउनका लागि विभिन्न वहानावाजी र भ्रामक प्रचार गर्दै हिडेको जनाएका छन् ।
बैठक पछि जसरी जिज्ञप्ति अनुसार उनीहरुले सरकारले असंवैधानिक तरिकाले बजेट ल्याउने दुष्प्रयास गरेको भन्दै भत्र्सना गरेका छन् ।
‘वर्तमान जटिल परिस्थितिमा देश र जनताप्रति जिम्मेवार भएर प्रधानमन्त्री वावुराम भट्टराईले तुरुन्त पद छोडी राष्ट्रिय सहमतिका लागि मार्ग प्रशस्त गर्दै राजनीतिक समस्याको समाधान सहज तुल्याउन जोडदार माग गर्दछैं,’ विज्ञप्तिमा भनिएको छ ।

 

 

 
कात्र्तिक २३, २०६९
प्रेस विज्ञप्ति

नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको अध्यक्षतामा नेपाली कांग्रेस केन्द्रीय कार्यालय, बी.पी.स्मृति भवन, बी.पी. नगर, ललितपुरमा आज प्रतिपक्षमा रहेका १९ दलको संयुक्त बैठक बस्यो । बैठकमा देशमा विकसित असहज परिस्थिति र राजनीतिक निकासका सन्दर्भमा गम्भीर छलफल र समिक्षा गरियो । पदमुक्त भैसकेको काम चलाउ वर्तमान सरकारले संविधानको मर्म र भावना अनुरुप दलहरु बीचको राजनीतिक सहमति र सहकार्यको पूर्णतः वेवास्ता गर्दै सत्ता र शक्तिको दम्भ एवं दवावको बलमा एकलौटी शासन सत्ता लम्ब्याइरहने र दलहरुबीच विभिन्न वहानामा द्वन्द र मुठभेड सिर्जना गर्ने लक्ष्यमा केन्द्रीत रहेको समेत बैठकले ठहर गरेको छ । पछिल्लो समयमा संविधान निर्माणका लागि २०७० वैशाख भित्र सम्पन्न हुने गरी संविधानसभाको नयाँ निर्वाचनमा जानु पर्ने र सो का लागि राजनीतिक सहमतिको सरकार यथाशीघ्र निर्माण गर्नु पर्ने अपरिहार्यतालाई सत्ताधारी सहित सबै पार्टीहरुले स्वीकार गरिसकेको सन्दर्भमा यी सबै अपरिहार्य आवश्यकता र सहमतिलाई वेवास्ता गर्दै संविधानसभा र संसद समेत नरहेको वर्तमान अवस्थामा अन्तरिम संविधान २०६३ को प्रस्तावना र धारा ४३ को भावना विपरीत स्वेच्छाचारी ढंगबाट वर्तमान गठबन्धन सरकार चलिरहेको छ । राष्ट्रपति जस्तो सम्मानित पदलाई लांछित गर्दै कू को निराधार हल्ला चलाएर जसरी पनि अध्यादेशबाट बजेट पारित गराउन अहंकार र धम्कीको भरमा दवाव सिर्जना गर्ने निकृष्ट चाल चलिरहेको निष्कर्ष बैठकले निकालेको छ । यस वर्तमान गम्भीर संवैधानिक र राजनीतिक संकटको घडीमा सरकार सत्ताको दुरुपयोग गर्दै अनुचित दवाव र धम्कीको बलमा एकतर्फी रुपमा बजेट ल्याउने कार्यमा प्रयत्नरत छ । यस परिस्थितिमा संविधान, लोकतान्त्रिक मूल्य, मान्यता र सहमतिको बाटोमा आउन सरकारमा रहेका राजनीतिक दल तथा पदमुक्त काम चलाउ सरकारलाई सम्माननीय राष्ट्रपतिज्यूले मार्गनिर्देशन गर्नु पर्ने संवैधानिक दायित्वतर्फ पुनः ध्यानाकर्षण गराउने निर्णय गर्नुका साथै सरकारले यसरी संविधान, कानून, राजनीतिक सहमति विपरीत दवाव र धम्की दिएर बजेट अध्यादेश ल्याउन खोज्ने कार्यलाई संविधानको संरक्षक र पालनकर्ताको हैसियतले स्वीकृति प्रदान नगर्न र राजनीतिक सहमतिबाट मात्र बजेट ल्याउन सरकारलाई निर्देश गर्न समेत सम्मानीय राष्ट्रपतिज्यू समक्ष लिखित रुपमा सम्पूर्ण प्रतिपक्षी पार्टीहरुको तर्फबाट हार्दिक अनुरोध गर्ने निर्णय गरिएको छ ।

राजनीतिक दलहरुको २०६९ कात्र्तिक २३ गते बसेको बैठकबाट पारित प्रस्ताव

देश अत्यन्त संवेदनशील तथा गम्भीर राजनीतिक संकटमा रहेको स्थितिमा एनेकपा (माओवादी) र मधेशी मोर्चाको गठबन्धन सरकारले राष्ट्रिय सहमतिको दिशातर्फ अग्रसर हुनुको सट्टा सत्ता लम्ब्याउनको लागि विभिन्न वहानावाजी र भ्रामक प्रचार गर्दै जसरी पनि असंवैधानिक तरिकाले बजेट ल्याउन गरिरहेको दुष्प्रयासको हामीहरु भत्र्सना गर्दछौँ । वर्तमान जटिल परिस्थितिमा देश र जनताप्रति जिम्मेवार भएर प्रधानमन्त्री वावुराम भट्टराईले तुरुन्त पद छोडी राष्ट्रिय सहमतिका लागि मार्ग प्रशस्त गर्दै राजनीतिक समस्याको समाधान सहज तुल्याउन यो बैठक जोडदार माग गर्दछ ।

 

 

 

 
असंवैधानिक प्रक्रियाबाट बलजफ्ती बजेट ल्याउन वर्तमान काम चलाउ सरकारले प्रस्तुत गर्ने अध्यादेशलाई स्वीकृति प्रदान नगर्न र राष्ट्रिय सहमतिका आधारमा बजेट ल्याउने व्यवस्थाका लागि निर्देशित गर्न सम्माननीय राष्ट्रपतिज्यू समक्ष अनुरोध गर्ने निर्णय गर्दछ ।

बैठकमा सहभागी दलहरु
१. नेपाली कांग्रेस सभापति श्री सुशील कोइराला
२. नेकपा (एमाले) अध्यक्ष श्री झलनाथ खनाल
३. नेकपा–माओवादी उपाध्यक्ष श्री सी.पी. गजुरेल
४. राष्ट्रिय प्रजातन्त्र पार्टी महामन्त्री श्री परसुराम खापुङ
५. नेकपा (माले) महासचिव श्री सी.पी. मैनाली
६. नेकपा (संयुक्त) अध्यक्ष श्री चन्द्रदेव जोशी
७. राष्ट्रिय जनमोर्चा कोषाध्यक्ष श्री मनोज भट्ट
८. राष्ट्रिय जनशक्ति पार्टी अध्यक्ष श्री सूर्यबहादुर थापा
९. नेपाल सद्भावना पार्टी (आ.) अध्यक्ष श्री देवेन्द्र मिश्र
१०. नेपाल सद्भावना पार्टी (आ.) श्रीमती सरिता गिरी
११. चुरे भावर राष्ट्रिय एकता पार्टी नेपाल अध्यक्ष श्री भूमिराज निरौला
१२. समाजवादी जनता पार्टी अध्यक्ष श्री हिक्मतबहादुर देउवा
१३. नेकपा (माले जनसमाजवादी) अध्यक्ष श्री विष्णुराज अर्याल
१४. नेकपा संयुक्त माक्र्सवादी अध्यक्ष श्री लोकनारायण सुवेदी
१५. नेकपा (मसाल) प्रवक्ता श्री हरि आचार्य
१६. नेकपा (संयुक्त माक्सवादी) पिविएम श्री रमेशवावु श्रेष्ठ
१७. नेपाली समाजवादी परिषद् कार्यकारी प्रमुख श्री एस.बी. क्षेत्री
१८. नेकपा (माक्र्सवादी) पो.वि.स. श्री अच्युतराज ज्ञवाली
१९. जनमोर्चा नेपाल महासचिव श्री साध्यबहादुर भण्डारी

 

दिलेन्द्रप्रसाद बडू
प्रवक्ता

प्रतिक्रिया