दलीय स्वार्थ त्याग्न भट्टराईको सुझाव

काठमाडौं, २३ कात्तिक । प्रधानमन्त्री बाबुराम भट्टराईले विपक्षी दलहरुलाई दलीय स्वार्थ त्याग्न सुझाव दिएका छन् ।
काठमाडौंमा आज आयोजित कार्यक्रममा उनले भने, ‘विपक्षी दलहरुले दलीय स्वार्थमा बजेट रोकेका छन् । उनले बजेट रोकेर विक्षी दलहरुले मुलुकको आर्थिक समृद्धिमा आघात पार्न खाजेको बताए । बजेटलाई रोक्दा मुलुक संकटमा फस्ने भट्टराईको भनाई थियो ।
यसैबीच, प्रधानमन्त्री भट्टराईले राजतन्त्र फर्काउन चलखेल गरे पूर्वराजा ज्ञानेन्द्र शाहलाई नागार्जुन दरबार र चितवनको दियालो बंगलामा बस्न नदिने बताएका छन् । ‘चलखेल गरे नागार्जुमा बस्न दिन्न,’ उनले भने, ‘पूर्व राजा ज्ञानेन्द्रको तराई यात्रा प्रतिगामी कदम हो ।’

प्रतिक्रिया