पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तनाव

काठमाडौं, २३ कात्तिक । ललितपुरको लगनखेलस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तालाबन्दी गर्ने क्रममा प्रहरीले हस्तक्षेप गरेको छ ।
प्रहरी हस्तक्षेपका क्रममा एमवीवीएसका विद्यार्थी, चिकित्सक र कर्मचारीबीच धकेलाधकेल भएको छ । सो क्रममा प्रहरीले लाठी समेत प्रहार गरेको थियो । प्रतिष्ठानको कार्यालयमा स्वास्थ्यकर्मी र कर्मचारीले तालाबन्दी गर्न खोजे पछि प्रहरीले हस्तक्षेप गरेको जनाएको छ ।
प्रहरी हस्तक्षेप भए पछि एमवीवीएसका विद्यार्थीले बिरोधमा धर्नामा समेत दिएका छन् ।
उपकुलपति डा.संगीता भण्डारी र शिक्षाध्यक्ष सौम्या भट्टाचार्यको राजीनामा माग्दै आएका छन् । उनीहरुलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानाबट ल्याएर उपकुलपति र शिक्षाध्यक्षमा नियुक्त गरिएको थियो । प्रतिष्ठानमा योग्य चिकित्सक हुँदाहुँदै बाहिरबाट ल्याएर नियुक्त गरिएको भन्दै चिकित्सक र कर्मचारीले आन्दाmेलन गर्दै आएका छन् ।
प्रतिष्ठानको कार्यालयमा तालाबन्दी भए पनि आन्दोलनरत कर्मचारी र स्वास्थ्यकर्मीले पाटन अस्पतालको स्वास्थ्य सेवामा भने अवरोध नपुराएको जनाएका छन् ।

प्रतिक्रिया