काठमाडौं : नेपाली कांग्रेसले २४ कात्तिकमा राजधानीमा बृहत् शक्ति प्रदर्शन गरेर अर्को जनआन्दोलनको घोषणा गर्ने भएको छ । स्वर्गीय नेता गणेशमान सिंहको ९७ औँ जन्म दिवसको अवसरमा गर्न लागिएको आमसभाको तयारीबारे जानकारी दिन बुधबार नेविसंघ केन्द्रीय समितिले विभिन्न स्थानमा कोणसभा गर्यो ।
नेविसंघ केन्द्रीय सदस्य रोदना घिमिरेको संयोजकत्वमा कोटेश्वरमा आयोजित कोणसभामा तरुणदल पूर्वअध्यक्ष अर्जुन पराजुली, केन्द्रीय सदस्य अञ्जन लामा, जनक भट्ट, सरोज मैनाली, जमुना ढकाल, नारायण चौधरी, अर्जुन महतरा, महेन्द्र भट्टराई, सुरजचन्द्र लामिछाने, नवराज ठोकर, पुष्प शाहीलगायतले डा. बाबुराम भट्टराईले सरकारबाट तत्काल हट्नुपर्ने र सहमतीय राष्ट्रिय सरकार गठन गरिनुपर्ने माग राखेका थिए । (सौस)
प्रतिक्रिया