फलफूल खेतीले जन्माएको नयाँ आशा

किवीफल युरोपेली मुलुकमा पाइने एउटा असाध्यै उपयोगी र बहुपौष्टिक तत्त्व पाइने एक प्रकारको लहरे फल हो । युरोपेली देशहरूमा पनि विशेष यो फलको खेती न्युजिल्यान्डमा व्यावसायिक रूपमा यसको खेती गरिन्छ । यसको वैज्ञानिक नाम एक्टिनिडिया डेलिसियोसा हो । उड्न नसक्ने चरा किवी चराले यसलाई असाध्यै मन पराउँछ त्यसैले यसको नाम किवीफल रह्यो भन्नेहरूको संख्या पनि ठूलै छ । तर, किवी शब्दको अर्थ पाश्चात्य मुलुकमा झुस भएको भन्ने अर्थ लाग्छ । झुसैझुसले भरिएको फललाई किवीफल भनिन थाल्यो । किवी फल हामीले बुझ्ने भाषामा भन्ने हो भने एउटा अंगुर जस्तै लहरोमा फल्ने एक अंगुर प्रजाति कै फल हो । जसमा अनेकौँ पौष्टिक तत्त्वहरू पाइन्छन् ।
किवीफलमा २५ वटा ज्यादै महत्त्वपूर्ण पौष्टिक तत्त्व पाइन्छन् । भिटामिन ब्, द्य, द्यट, ऋ, भ्, प् लगायत सबै भिटामिन पाइन्छ भने अन्य तत्त्वहरूमा प्रोटिन, कार्बोहाइट्ेरड, याट, क्याल्सियम, पोटामेसियम, फलामलगायतका तत्त्वहरू पाइन्छन् । यो फल मुटुरोगी, मिर्गाैलासम्बन्धी रोगहरू, रक्तअल्पता, क्यान्सर, कुपोषणजस्ता रोगीका लागि अति उपयोगी मानिन्छ । दैनिक २/२ दानाका दरले यो फल खाने हो भने यी रोगसँग जुध्न सक्ने क्षमताको विकास हुन्छ । रोगसँग लड्नसक्ने क्षमताको विकास गर्ने भएको हुँदा यस फललाई रोग निरोधक फल पनि भनिन्छ । यो फल समुन्द्र सतहदेखि ३००० मिटरको उचाइसम्ममा सजिलै खेती गर्न सकिन्छ । एउटा विरुवा मात्र रोपेमा यो फल फल्दैन । क्रस परागसेचनका लागि अर्को विरुवा पनि सँगै हुनुपर्छ । कतिपय वनस्पतिहरूमा यो गुण रहेको हुन्छ । जस्तै, स्याउ, एभोकार्डो जस्ता फल पनि एउटा मात्र विरुवा रोपेमा दाना लाग्दैन । यसको कारण हो क्रस परागसेचन नहुनु । त्यसैले किवीफल पनि एक्लोमा फल लाग्दैन । विरुवा बिक्री गर्नेहरूले भाले र पोथी भन्दै बिक्री गरे पनि यसको मूलकारण चाहिँ क्रस परागसेचनका लागि मात्रै हो ।
किवी फल बहुस्वाद भएको फल हो । वास्तवमा यो फलको स्वाद यस्तै हुन्छ भनेर छुट्याउन सकिँदैन । एउटै विरुवाका फलबाट भिन्नभिन्न स्वाद लिन सकिन्छ । विशेष गरेर किवी फल, स्याउको स्वादमा, सुन्तला, कागती, तरबुजा, खरबुजा, अंगुर, पाइनापल, स्ट्रबेरी आदिको स्वादमा पाउन सकिन्छ । यो फल बोटमै पाक्दैन अर्थात गिलो हुँदैन । त्यसैले टिपेर जुन फलसँग राखिन्छ त्यसैको स्वादमा पाइन्छ । त्यसैले यसलाई रंगविनाको पानी भने जस्तै स्वादविनाको फल भनिन्छ । जसरी पानीमा जुन रंग मिसायो त्यही रंग बन्छ भने किवीफल पनि जुन फलसँग राख्यो त्यसैको स्वाद सर्ने गर्छ । किवी फल बहुवर्षे फल हो । यसलाई एकपटक लगाइसके पछि २०/२५ वर्षसम्म फेरि लगाइरहनु पर्दैन । त्यसैले, यसको लागि बलियो तथा मजबुद थांग्रो आवश्यक हुन्छ । भन्न त कतिपयले भन्ने गरेका छन् । यसका लागि पक्की थांग्राको आवश्यकता पर्छ । वास्तवमा त्यो आर्थिक क्षमताले भ्याउँदा मात्र हो । आर्थिक अवस्था न्यून हुनेले २/२ वर्षमा थांग्रा फेरेर पनि खेती गर्न सक्छन् । यदि, कम आम्दानीमा चित्त बुझाउने हो भने अन्य रुखमा लगाएर पनि खेती गर्न त सकिन्छ तर यसो गर्दा कम आम्दानी र टिप्न गार्‍हो हुन्छ । यो रोपेको ३ वर्षदेखि फल्न सुरु गर्छ । यो फल खानलायक हुन ४ महिना कुर्नु पर्छ । यसका विभिन्न प्रजातिहरू पाइन्छन् । कुनै गोलाकारका मात्र हुन्छन् भने कुनै लाम्चो गोलाकारका हुन्छन् । यसको फलमा सामान्य नरम खालको झुस रहेको हुन्छ भित्र चाहिँ अम्बाको जस्तै मसिना बिउहरू रहेका हुन्छन् । यसको बाहिरको झुसलाई ताछेर खान सकिन्छ ।
इलाम जिल्लामा किवी खेतीको व्यावसायिक रूपमा खेती भएको लगभग ४ वर्ष भइसकेको छ भने गतसालदेखि अभियानकै रूपमा खेतीगर्न सुरु गरिएको छ । दोलखामा पनि गत वर्षदेखि नै यसको व्यावसायिक रूपमा खेती गर्ने कार्य आरम्भ भइसकेको छ भने यस वर्षबाट इलामका ४० वटा गाविसमा करिव ३५ सय किसानहरूले किवी खेती व्यावसायिक रूपमा सुरु गरेका छन् । इलामका किवीफल खेतीका अगुवा किसानहरूमा टेकबहादुर विष्ट (नेपालटार) पुरण गुरु, माइमझुवा, जेवी मुखिया लुम्दे, धु्रव थेवे प्याङ तथा याम राई माइपोखरी रहेका छन् । यी किसानले व्यावसायिक रूपमा खेती गरी उत्पादन पनि सुरु गरिसकेका छन् । यी बाहेक इलामका लगभग ३० प्रतिशत किसानहरूले अहिले किवीफल रापेका छन् ।
यता दोलखामा पनि किवीफल खेतीलाई मुख्य प्राथमिकतामा राखी विस्तार अभियानमा लागेको बताउँछन् कृषि विकास कार्यालयका प्रमुख युवराज पाण्डे । उनका अनुसार किवीका विरुवा दोलखास्थित बोझ गाविस लाकुरी डाँडामा रहेको सरकारी बागवानीबाट प्राप्त गर्न सकिन्छ । काठमाडौंलाई मुख्य बजार बनाएर खेती सुरु गरिएको दोलखा कृषि विकास कार्यालयको अभियानमा त्यहाँका किसानहरूको पनि रुची बढ्दै गएको पाइन्छ । किवीफल एउटा मात्र बोटमा दाना लाग्दैन त्यसैले दुई वा सो भन्दा बढी हुनु जरुरी छ । यो २०/२५ वर्षसम्म बाँचिरहने र निरन्तर बढ्ने लहरो भएको हुनाले आपैँmले बारीको अनुमान गरेर लगाउनुपर्छ । हुन त झ्याङ् बढाएर कम क्षेत्रफलमा पनि यसको खेती गर्न सकिन्छ । आफ्नो बारी अनुसार ३०/३५ फिटको अन्तरमा रोप्न सकिन्छ । यसको लागि बलियो थांग्रा चाहिने हुनाले बलियो थांग्राको व्यवस्था चाहिँ गर्न सक्नुपर्छ ।
किसानको इच्छा भए यसको विरुवा सम्बन्धित जिल्लाका कृषि विकास कार्यालयले यसको विरुवा सहजरूपमा उपलब्ध गराउन सक्छन् । यदि, किसान आपैँmले ल्याउने हो भने सरकारी स्वामित्वमा रहेको बोच बागवानी दोलखा र इलामबाट ल्याउन सकिन्छ । किसानहरूको जानकारीका लागि यदि इलामबाट ल्याउने हो भने फिक्कल पशुपतिनगर राजमार्गको ६ किलोमिटरमा पर्ने पशुपतिनगर–८ को कालोपत्रे बाटोसँगै रहेको रनवीर राईको नर्सरीबाट पनि ल्याउन सकिन्छ । इलाम सदरमुकाम क्षेत्रमा चाहिँ विरुवा अहिले पाउन गाह्रो छ । यता, दोलखाको बागवानीबाट ल्याउने हो भने काठमाडांै जिरी राजमार्गको खरिढुंगा भन्दा केही किमी पर तथा चरिकोटभन्दा केही वर बोच भन्ने ठाउँमा रहेको बागवानीबाट पनि ल्याउन सकिन्छ ।

प्रतिक्रिया