दुर्घटनामा एक जनाको मृत्यु

दाङ, २० कात्तिक । दाङको लक्ष्मीपुरस्थित घोराही सिमेन्ट उद्योगको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा ट्रक चालक रमेश चौधरीको मृत्यु भएको हो । सहचालक सुनिल देवकोटा घाइते छन् । सिमेन्ट उद्योगको क्लिङकर लिएर दाङबाट भैरहवा जाँदै गरेको लु १ ख ४३७५ नम्बरको ट्रक आज बिहान घोराही–लमही सडक खण्डको चौपट्टा नजिकै ब्रेकफेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
घाइते सहचालक कैलाली सुगरखालका देवकोटाको राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा उपचार भइरहेको छ । सौर्य

प्रतिक्रिया