उदयपुर,१९ कात्तिक । भारतीय लगानीमा निर्माण हुन लागेको सप्तकोशी उच्च वाँधको नेकपा–माओवादीले विरोध जनाएको छ ।
नेकपा–माओवादी निकट युवा संगठनले आज परियोजना निर्माण स्थलमा पार्टीको झण्डा गाडेर विरोध जनाएका हुन् । उनीहरुले बाँध निर्माणको काम अगाडि नबढाउन चेतावनी दिए । बाँध नेपाल र नेपालीहरुको हित विपरित भएको भन्दै कडा रुपमा विरोध गरेको नेकपा–माओवादीले जनाएको छ ।
बाँध निर्माणस्थल उदयपुरको मैनामैनी, सुनसरीको बराह क्षेत्रमा पर्ने भएकाले जनहित विपरित रहेको उसको दाबी छ ।
बाँध निर्माणबाट उदयपुर, सुनसरी, सप्तरी, धनकुटा, संखुवासभा, भोजपुरलगायत जिल्लाका ८४ गाविसमा प्रत्यक्ष प्रभाव पर्ने नेकपा–माओवादीले जनाएको छ ।
करिव २ सय ५९ मिटर अग्लो बाँध भारतले निर्माण गर्न लागेको हो । सन २००४ देखि काम शुरु गरिए पनि पटक–पटकको विरोध पछि समयमा काम हुन सकेको छैन ।
बाँध निर्माणको उदयपुरका रामपुर, बसाहा, भागलपुर, फत्तेपुरलगायतका स्थानीयले पनि विरोध गर्दै आएका छन् ।
प्रतिक्रिया