काठमाडौं, १८ कात्तिक । प्रधानमन्त्री बाबुराम भट्टराईले राजधानीका सडक विस्तारमा भएको लापरबाही र ढिलासुस्तीप्रति आक्रोश जनाएका छन् ।
उनले काम गर्ने जिम्मेवारी लिएर तोकिएको समयमा जिम्मेवारी पुरा नगर्ने कर्मचारी, ठेकेदारलगायत सम्बन्धित निकायलाई कारबाही गर्नुपरे गर्न दिर्नेशन दिए ।
राजधानीका विस्तारित सडकको स्थलगत अनुगमन पछि बालुवाटार पुगेका सचिवहरुसँगको भेटमा भट्टराईले सडक विस्तारमा ढिलाई नगर्न सम्बन्धित निकायलाई निर्देशन दिए । उनले छिटो सडकको कम पुरा गरेर सर्वसाधारणलाई त्यसको अनुभूती गराउन आग्रह गरे ।
‘ठेक्का लिएर सडक विस्तारमा ढिलाई गर्ने ठेकेदारलाई कारवाही गर्नुपरे कारवाही गर्नुस्,’ उनले भने, ‘समयमा काम गर्ने लाई पुरस्कार र नगर्नेलाई कालो सूचीमा राखेर कारबाही गर्नु पर्छ ।’
अनुगमनका क्रममा देखिएका सबै विवरण टोलीले प्रधानमन्त्री भट्टराईलाई जानकारी गराएको थियो । सरकारले राजधानीका सडक विस्तारको अभियान शुरु गरे पनि सडक निर्माण हुन नसक्दा सर्वसाधारणले सास्ती बेहोर्नु परेको छ ।
प्रतिक्रिया