नेता ओलीको स्वास्थ्यमा सुधार

काठमाडौं, १८ कात्तिक । एमाले नेता केपी ओलीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै आएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।
अचानक बिरामी भए पछि नेता ओलीलाई शक्रबार साँझ थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । नेता ओलीको दुई वटा फोक्सोमा निमोनिया भएको चिकित्सकहरुले जानकारी दिए ।
उपचारमा संलग्न चिकित्सक डा.भारत रावतले नेता ओलीको फोक्सोमा निमोनिया देखिएको बताए । ‘अझै ४८ घण्टा ‘सीसीयु’मा राखेर उपचार गर्नुपर्छ,’ उनले भने, ‘नेता ओलीको स्वास्थ्यमा धेरै सुधार भएको छ ।’ आज विहान होसमा आएका नेता ओलीको रक्तचाप पनि सामान्य रहेको डा.रावतले बताए ।
यसैबीच, एमाले नेता ओलीको स्वास्थ्यका बारेमा प्रधानमन्त्री बाबुराम भट्टराई, कांग्रेस सभापति सुशील कोइराला, उपसभापति रामचन्द्र पौडेल, राजपा अध्यक्ष सूर्यबहादुर थापालगायतले अस्पताल पुगेर जानकारी लिएका छन् । अस्पताल परिषरमा उनका समर्थक र शुभेच्छुकहरुको उल्लेखे घुँईचो लागेको छ ।

प्रतिक्रिया