मदिरा सेवन पछि महिलाको मृत्यु

बर्दिया, १७ कात्तिक । बर्दिया जिल्लामा पत्नीलाई बन्चरो प्रहार गरेर हत्या गर्ने पतिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
आपसी विवाद पछि ताराताल–७ का गंगासिंह पुलामीले पत्नी पम्फादेवी पुलामीको हत्या गरेका हुन् ।
उनले आज विहान साढे छ सामान्य विवादमा पछि २८ बर्षीया पत्नी पम्फादेवीको घाँटीमा बन्चरो प्रहार गरेको प्रहरीले जनाएको छ । बन्चरो प्रहार पछि पम्फादेवीको घटनास्थलमै मृत्यु भएको थियो ।
यसैबीच, अत्यधिक मादक पदार्थ सेवनबाट सर्लाहीमा दाङ स्थायी घर भएकी एक महिलाको मृत्यु भएको छ ।
सर्लाहीको ढुङ्गेखोला–२, आर्दशचोकमा डेरा गरी बस्ने दाङ्ग जिल्ला पर्सेनी राजपुर–२ घर भएकी ३५ वर्षीया अमृता मगरको आज विहान ८ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
अत्याधिक मदिरा सेवन पछि मगरको मृत्यु भएको प्रहरी भनाई छ ।
यता, सल्यान जिल्लामा पशु उपसेवा केन्द्र कालीमाटीका कर्मचारी मनबहादुर रानाको मृत्यु भएको छ ।
चौर–९, घुइयावारी घर भई केन्द्रमा कार्यालय सहयोगीका रुपमा कार्यरत ३८ बर्षीय राना बिहीबार आफ्नै कोठामा मृत्त फेला परेका थिए । उनको मृत्युको कारण खुलेको छैन ।
उता, मोरङ जिल्ला बाहुनी–८ स्थायी घर भएकी प्रहरी जवान २४ वर्षीया पवित्रा भट्टराईले ललितपुरस्थित डेरामा झुण्डीएर आत्महत्या गरेकी छन् ।
धोविघाटस्थित डेरामा भट्टराई बिहीबार बेलुका मृत्त फेला परेकी थिईन । उनी महानगरीय प्रहरी प्रभाग सानेपा दरवन्दी भई महानगरीय प्रहरी परिसर ललितपुरको संचार शाखामा कार्यरत थिईन । (तस्विर गुगल)

प्रतिक्रिया