प्रहरी र गाँजा तस्करबीच भिडन्त

सिरहा, १६ कात्तिक । सिरहाको तरेगना गोविन्दपुरमा प्रहरी र गाँजा तस्करबीच आज बिहान दोहोरो गोली हानाहान भएको छ ।
तरेगना गोविन्दपुर–८ स्थित खेतमा प्रहरीचौकी महेशवारीका प्रहरी नायब निरीक्षक मित्र गुरुङको टोली र गाँजा तस्करबीच गोली हानाहान भएको प्रहरीले जनाएको छ ।
गोली हानाहानपछि तस्करले छाडेको एक क्विन्टल ५० किलो गाँजा प्रहरीले बरामद गरेको छ । प्रहरीलाई देखेर गाँजा तस्करले गोली चलाएपछि प्रहरीले पनि गोली चलाउन बाध्य भएको वडा प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए ।

प्रतिक्रिया