‘अर्को जुनीमा पनि गायिका बन्न चाहन्छु’

चुरोट सेवन गरिरहेको अवस्थामा प्रहरीले पक्रिए ?
प्रहरीसँग माफी मागेर अबदेखि कहिल्यै तान्दिनँ भन्छु । तर, वास्तविकतामा पनि चुरोट सेवन गर्दिनँ ।
तपाईंले बोल्ने सबैभन्दा नराम्रो गाली ?
अलच्छिना, दोख †
एक दिनका लागि रूप परिवर्तन गर्न पाए ?
चरा बन्थे ।
आफ्नो सबैभन्दा बढी मन पर्ने गीत ?
एल्बम लोकार्पणको बसिरहुँ भन्छु तिमीसँगै बोलको गीत ।
कुनै भव्य सभामा सबैले देख्ने गरी तपाईंको कपालबाट जुम्रा कुममा झर्‍यो भने ?
देखिइसकेको जुम्रा लुकाएर कहाँ लुकिन्छ र ? तैपनि सकेसम्म मासलाई वास्ता नगरी लुकाएर जुम्रा फ्याँकिदिन्थेँ ।
जुनी फेर्न पाए के भएर जन्मने ?
फेरि पनि महिला नै भएर गायिकाका रूपमा जीवन बिताउन चाहन्छु ।
तपाईंका साथमा अहिले कति नगद छ ?
१ हजार जति होला  ।
मान्छेले किन कट्टु लगाउँछन् ?
त्यो त उहाँ (श्रीमान्) लाई सोध्नुपर्ला ।
कस्तो ड्रेसमा भल्गारिटी झल्कन्छ ?
छोटो–छोटो स्कर्टमा बढीजसो भल्ग्यारिटी झल्किन्छ जस्तो लाग्छ ।
विवाहपछि पनि पतिले सेक्स सम्बन्ध राख्न नमानेको भए के गर्नुहुन्थ्यो ?
एक जनाको इच्छाले मात्र यो जीवन चल्न सक्दैन । सम्पूर्ण आवश्यकता पूरा नभए वैवाहिक जिवन टिकिरहन गाह्रो हुन्छ भनेर सम्झाउँथे ।

प्रतिक्रिया