अर्थसचिवलाई प्रधानन्यायाधीशको आग्रह

काठमाडौं : प्रधानन्यायाधीश खिलराज रेग्मीले न्याय सम्पादनमा अप्ठरो परेको भन्दै अर्थसचिव शान्तराज सुवेदीसँग न्यायालयका लागि आवश्यक बजेट विनियोजन गर्न आग्रह गरेका छन् । नेपाल राष्ट्र बैंकको कार्यकारी समिति सदस्यमा नियुक्त भएका अर्थसचिव शान्तराज सुवेदीलाई प्रधानन्यायाधीश रेग्मीले मंगलबार पद तथा गोपनीयताको सपथ गराएपछि भएको अनौपचारिक छलफलमा यस्तो आग्रह गरेको सर्वाेच्च अदालतले जनाएको छ ।
प्रभात, दिवा र सन्ध्याकालीन न्यायालय सञ्चालन गर्न र आवश्यकताअनुसारको दरबन्दी पूरा गर्न अर्थमन्त्रालयबाट रकम विनियोजित गर्न प्रधानन्यायाधीश रेग्मीले आग्रह गरेका थिए । अर्थसचिव सुवेदीले न्यायालयका लागि तत्काल गर्नुपर्ने काम र त्यसको लागतको विवरण उपलब्ध गराउन आग्रह गरेका थिए । (सौस)

प्रतिक्रिया