सर्पको टोकाइबाट मृत्यु

दाङ, १४ कात्तिक । दाङको शान्तिनगर–१, गिधनीयामा सर्पको टोकाइबाट आज एक युवकको ज्यान गएको छ । २७ बर्षीय छबिलाल चौधरीलाई बारीमा तोरीमा पानी सिंचाइ गर्ने क्रममा सर्पले टोकेको हो ।
बिहान करिव ९ बजेतिर कालो रंगको विषालु सर्पले दाया हातको औलामा टोकेको आफन्तहरुले बताए । सर्पको टोकाइ पछि घाइते बनेका चौधरीको राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा उपचारका क्रममा मृत्यु भएको थियो । सौर्य

प्रतिक्रिया