मौसम आए ‘मुस्कान’लिएर

काठमाडौं : इलामे युवा गायक मौसम मगर मुस्कान नामक एकल अडियो एल्बम लिएर आयका छन् । यो उनको पहिलो एल्बम हो । आधुनिक र शास्त्रीय शैलीलाई पछ्याएका उनको एल्बममा छेकेर आँखा, मन चोरेर, राम्री छयौ पारु, बगी जाने खोलाजस्तै, नजिक आउन, पछयौरीमा कति राम्री र पिएरै मातेको बोलका सात गीत छन् । जसमा राजबाबु श्रेष्ठ, जंग थापा, मधु नेपाल, राजु पिठाकोटे, वसन्त बस्नेतको शब्द छ भने हरि लम्साल, जंग थापा र गायक मौसमको आफ्नै संगीत रहेको छ । (सौस)

प्रतिक्रिया