‘संवैधानिक संकट अन्तिम अवस्थामा’

काठमाडौं, १३ कात्तिक । नेकपा–माओवादीका अध्यक्ष मोहन बैद्यले संवैधानिक संकट अन्तिम अवस्थामा पुगेकाले सबै राजनीतिक दलबीच सहमति गर्नुका विकल्पन नरहेको बताएका छन् ।
कांग्रेसले आज सानेपामा आयोजना गरेको चियापान समारोहमा उनले सहमतिका लागि वर्तमान सरकार हटाएर अर्को नयाँ राष्ट्रिय सहमतीय सरकार गठन गर्नुपर्ने बताए ।
कांग्रेसले आयोजना गरेको चियापानले सहमतिका लागि वातावरण बनाएको बताएका उनले भने, ‘कांग्रेस, एमालेले सरकार विरुद्ध गर्ने आन्दोलनको पहिलादेखि समर्थन गरेकाले अब पनि दृढ समर्थन रहने छ ।’

प्रतिक्रिया