चियापानको तयारी अन्तिम चरणमा

काठमाडौं, १२ कात्तिक । कांग्रेसले शुभकामना आदान–प्रदानका लागि सोमबार गर्न लागेको चियापान समारोहको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।
कांग्रेसले अघिल्ला बर्षमा जस्तै यस पटक पनि कोजाग्रत पूर्णिमाका दिन चियापान समारोह राखेको छ । पार्टी कार्यालय सानेपामा हुने चियापानमा नेता कार्यकर्ता, विभिन्न दलका नेता, कुटनीतिक नियोग, कर्मचारी, सुरक्षाकर्मी, पेशाकर्मीलगायतलाई बोलाएको कांग्रेसले जनाएको छ । चियापान सोमबार दिउँसो एक बजेदेखि चार बजे सम्म चल्ने छ ।
चियापान समारोहलाई ध्यानमा राखेर पार्टी कार्यालय सानेपामा सरसफाई गर्नुका साथै सुरक्षाको व्यवस्था समेत मिलाईएको छ ।
कांग्रेसका संस्थापक नेता वीपी कोइरालाले भारत निर्वासनबाट स्वदेश फर्किएपछि २०३३ सालबाट चलाउँदै आएको चियापानको परम्परालाई कांग्रेसले निरन्तरता दिँदै आएको छ ।
कांग्रेसले तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला र संस्थापक नेता कृष्णप्रसाद भट्टराईको निधन भएका बर्ष भने चियापान गरेको थिएन ।

प्रतिक्रिया