छुरा हानी युवाको हत्या

काभ्रे, ९ कार्तिक । दशैको टिकाको दिनमा आयोजित सांस्कृतिक कार्यक्रम हेर्न आएका एक युवकको कुटपिट पछि हत्या गरिएको छ ।
कुटपिटसँगै युवकलाई छुरी रोपेर हत्या गरिएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरिक्षक खेम आचार्यले जानकारी दिएका छन् ।
चलाल गणेशस्थान गाविसको विद्यालयमा दशैको नाटक देखाइरहेको समयमा नाटक हेरिरहेका च्यासिङ्कखर्क गाविस ९ का अन्दाजी २२ वर्षिय मञ्जित तामाङलाई चलाल गणेस्थान गाविस ३ का रणबहादुर तामाङको समूहले एक सय मिटर पर लगेर आक्रमण गरेको थिए । ५५ वर्षीय तामाङ सहित ८ जनाको समूहले मञ्जितलाई पहिले कुटपिट गरेको र पछि छुरा रोपेको थिए । उपचारका लागि बनेपा ल्याउने क्रममा बाटोमै मृत्यु भएपछि मञ्जितको शब बनेपाको शिरमेमोरियल अस्पताल बनेपामा राखिएको प्रहरी निरिक्षक आचार्यले जानकारी दिए ।
तामाङ सहित घटनामा संलग्न चार जनाको नाम खुलेको भए पनि प्रहरीले पक्राउ गर्न भने सकेको छैन । दिउसो ४ बजे भएको घटनामा प्रहरी पुग्दा अभियुक्तहरु फरार भैसकेका थिए । राति २ बजे रणबहादुर तामाङको घरमा प्रहरी पुग्दा झ्यालबाट हामफालेर भाग्न लागेपछि प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका तामाङले पुरानो रिसइबीका कारण उनलाई आक्रमण गर्ने क्रममा हत्या हुन पुगेको बताएका छन् । प्रहरीले फरार र नाम नखुलेका अभियुक्तहरुको खोजी कार्य जारी रहेको जानकारी दिएको छ ।

प्रतिक्रिया