अरु दलको नेतृत्व स्वीकार्य छैनः बैद्य

काठमाडौं, ६ कात्तिक । नेकपा–माओवादीका अध्यक्ष मोहन बैद्यले कांग्रेसहितका दलहरुको नेतृत्व स्वीकार नगर्ने स्पष्ट पारेका छन् । उनले भावी प्रधानमन्त्रीको रुपमा पार्टीका महासचिव रामबहादुर थापाको नाम प्रस्ताव गरेका छन् ।
काठमाडौंको मनमैंजुस्थित निवासमा सोमबार उनले भने, ‘नयाँ सरकारको नेतृत्व गणतन्त्र, संघीयता र राष्ट्रवादी शक्तिले गर्नु पर्छ ।’ उनले कांग्रेससहितका दलको नेतृत्व नमान्ने उल्लेख गरे ।
‘हाम्रो पार्टीबाट रामबहादुर थापाले नेतृत्व गर्नु हुन्छ,’ बैद्यले भने, ‘कसैलाई टीका लगाएर प्रधानमन्त्री दिन सकिदैन ।’
बैद्यले एमाओवादी सरकार छड्दै नछाड्ने र एमाले–कांग्रेसले सरकार नभई नहुने भनेर सत्तालाई केन्द्रमा राखेकोले समस्या समाधान नभएको दावी गरे ।

प्रतिक्रिया