प्रियंकालाई प्रस्तावको ओइरो

नया दिल्ली : बलिउड ‘देशी गर्ल’ प्रियंका चोपडालाई बर्फी चलचित्र निकै फापेको छ । यो चलचित्र सफल भएसँगै उनलाई ठूलो ब्यानरबाट अफर आउने क्रम बाक्लिएको छ । हालै मात्र उनलाई यशराज ब्यानरको ‘गुन्डे’ लागि अफर आएको एजेन्सीले उल्लेख गरेको छ । सुरूमा क्याट्रिना कैफका लागि छुट्याइएको यो भूमिका बर्फी हिट भएसँगै प्रियंकालाई दिइएको हो । यसमा पनि प्रियंकाका जोडी रणवीर कपुर नै हुने भएका छन् ।
बलिउडका ठूला ब्यानरमध्ये गनिने यशराजका तर्फबाट प्रियंकाको यो दोस्रो चलचित्र हो । यसअघि यशराजको ‘प्यार इम्पोसिबल’ मा काम गरेकी थिइन् । ‘गुन्डे’को कहानी १९७१ को कलकत्ताको अशान्त माहोलमा आधारित छ । यससँगै एकता कपुरको चलचित्र मिलन टाकिन पनि यतिखेर प्रियंकाको हातमा छ । (एजेन्सी)

प्रतिक्रिया