उन्नाइस लाख विद्यालयलाई

गुल्मी, ४ कात्तिक । सयुक्तं राष्ट्रसघंका पुर्वसहायक महासचिव कुलचन्द्र गौतमले आफ्नो गृह जिल्ला गुल्मीको अमरपुरको एक बिद्यालयका लागि करीब उन्नाइस लाख सहयोग गर्ने भएका छन ।
अम्मरपुर ओम प्रसाद गौतम उच्च माध्यामिक बिद्यालय अमरपुरमा आफ्नो स्वर्गीय हजुरबुबा कपिलमणी गौतमको सम्झनामा कपिलमणी गौतम स्मृती उद्यान निमार्णका र बिद्यालयमा खानेपानीको पानी टंकी तथा मञ्च निमार्णको लागी यो रकम उपलब्ध गराउने घोषणा गौतमले गरेको हुन ।
गौतमले उद्यान निमार्णकालागी १० लाख २८ हजार १ सय २३ र पानी टकीं निमार्णकोलागी ८ लाख ४४ हजार ८ सय ४१ गरी जम्मा १८ लाख ७२ हजार ९ सय ६४ रुपौया ९२ पैसा उपलब्ध गराउने जानकारी गराएको बिद्यालयका पुर्व प्रधानाध्यापक धर्मप्रसाद गौतमले  जनाकारी दिएका छन् ।

प्रतिक्रिया