५४ कैदी मुक्त

काठमाडौं : सरकारले बडादसैँको उपलक्ष्यमा असल चालचलन भएका तथा ५० प्रतिशतभन्दा बढी कैद भुक्तान गरिसकेका ५४ कैदीको बाँकी कैद मिनाहा गरेको छ । सरकारको सिफारिसअनुसार शुक्रबार राष्ट्रपति डा. रामवरण यादवले ५४ कैदीको बाँकी कैद मुक्त गरेका हुन् । कारागार व्यवस्थापन विभागका अनुसार कारागार नियमावलीबमोजिम असल चालचलन भएका कैदीको बाँकी कैद छोट्याई कारागारमुक्त गर्ने निर्णय गरिएको हो । (सौस)

प्रतिक्रिया