अरिंगालको टोकाइबाट तीनको मृत्यु

गुल्मी : सदरमुकाम तम्घासनजिकैको हस्तिचौरमा अरिंगालको टोकाइबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ । मृत्यु हुने सबै एकै परिवारका छन् । घरनजिकै रहेको सालको रूखमा रहेको अरिंगालले टोक्दा घाइते भएकामध्ये कुलबहादुर मुखियाकी ५ वर्षीया छोरी कुस्मा कुमालको उपचारका क्रममा कान्ति बाल अस्पतालमा बिहीबार राति मृत्यु भएपछि मृतकको संख्या तीन पुगेको हो ।
बुधबार साँझ हस्तिचौर–७ रातचौरमा अरिंगालले टोकाइबाट दलवीर मुखियाकी १० वर्षीया छोरी कृष्णा मुखिया र रेनबहादुर मुखियाकी ७ वर्षीया छोरी सजिना मुखियाको उपचारका क्रममा बुधबार नै मृत्यु भएको थियो । (सौस)

प्रतिक्रिया