हत्या आरोपी पक्राउ

दाङ : महिलाको हत्या अभियोगमा इलाका प्रहरी कार्यालय तुलसीपुरले मानपुरबाट एकै घरका तीनसहित पाँचलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मानपुर–२ मजगाउँका रैबहादुर योगी, अन्नपूर्णा योगी, ईश्वरी योगी, प्रेम योगी र झक्कुप्रसाद योगी छन् । पक्राउ परेका सबै घाइते भएकाले प्रहरीको नियन्त्रणमा राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचार भइरहेको इन्स्पेक्टर मदन थापाले जानकारी दिए ।
खेतमा सिँचाइ गर्ने विषयमा मानपुरको सजनेवामा विवाद भई झडप हुँदा सोही ठाउँकी ४५ वर्षीया रूपनी चौधरीको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको थियो ।
यस्तै, घोराहीमा एक युवकमाथि खुकुरी प्रहार भएको छ । गणेश चित्रालय पछाडि दुईजनाको समूहले घोराही–१० का २६ वर्षीय गणेशबहादुर सिंहलाई टाउकामा खुकुरी प्रहार गरेर फरार भएका हुन् । घाइतेको राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा उपचार भइरहेको छ । (सौस)

प्रतिक्रिया