पानीको विषयमा झडप हुँदा मृत्यु

दाङ, २ कात्तिक । दाङ जिल्लाको मानपुर गाविसमा कुलोको पानीलाई लिएर झडप हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना सामान्य घाईते भएका छन् ।
कुलोको पानीको बिषयलाई लिएर बुधबार बेलुका भएको झगडामा कुटपिट हुँदा मानपुर–३ बस्ने ४५ बर्षीया रुपनी चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । कुटपिटबाट गम्भीर घाईत चौधरीलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बुधबार राति नै मृत्यु भएको प्रहरी भनाई छ ।
मानपुर–२ बस्ने ४० बर्षीय रईबहादुर योगीको परिवार र मानपुर–३ बस्ने मृतक रुपनीबीच बुधबार साँझ पानीको विषयमा विवाद भई कुटाकुट भएको थियो ।
झडपमा ४० बर्षीय रईबहादुर योगी, १६ बर्षीया ईश्वरी योगी, ३५ बर्षीय झक्कुप्रसाद योगी, ४९ बर्षीय प्रेमबहादुर योगी र ३९ बर्षीय अन्नपूर्ण योगी सामान्य घाइते भएका छन् ।
रुपनीलाई कुटपिट गरेर हत्या गरेको अभियोगमा प्रहरीले उनीहरु सबैलाई नियन्त्रणमा राखेर उपचार गरेको जनाएको छ ।

प्रतिक्रिया