राष्ट्रपति गुहार्ने काम छाड्नु पर्छ

काठमाडौं, १ कात्तिक । कांग्रेस केन्द्रीय सदस्य शेखर कोइरालाले राष्ट्रपतिले प्रधानमन्त्री बाबुराम भट्टराईलाई पदबाट हटाउन नसक्ने दावी गरेका छन् ।
काठमाडौंमा आज आयोजित कार्यक्रममा उनले प्रधानमन्त्री हटाउन दलहरुले राष्ट्रपतिलाई गुहार्ने काम तत्काल छाड्नु पर्ने बताए । ‘प्रधानमन्त्री हटाउने काम राजनीतिक दलहरुको हो, राष्ट्रपतिको होइन,’ उनले भने ।
प्रधानमन्त्री बन्न पाउने लोभमा कांग्रेस नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेल संविधानसभा पुनःस्थापनाको पछाडि दौडिएको आरोप लगाए । उनले भने, ‘एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले आफूलाई प्रधानमन्त्री बनाई दिने लोभमा पार्टीका वरिष्ठ नेताहरु पुनःस्थापनाको पछि लागेका छन् ।’
अध्यक्ष दाहालले पौडेल र देउवालाई प्रधानमन्त्रीको पासा फालिदिएको बताए । संविधानसभा पुनःस्थापना भए त्यसले मुलुकमा जातीय द्वन्द्व शुरु गर्ने बताए ।

प्रतिक्रिया