माइक्रोबसले ठक्कर दिँदा दुईको मृत्यु

काठमाडौं, १ कात्तिक । काठमाडौंको कीर्तिपुरस्थित खसीबजारमा आज भएको सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
बा २ ख १८९२ नम्वरको माईक्रो बसले ठक्कर दिंदा ४५ बर्षीय मच्छिन्द्र महर्जन र ५० बर्षीय प्रकाश महर्जनको मृत्यु भएको प्रहरीले जनाएको छ । बसको ठक्करबाट घाईते उनीहरुको बल्खुस्थित स्टार अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा घाईते स्थानीय देबेन्द्र शाहीको अस्पतालमा उपचार भईरहेको छ ।

प्रतिक्रिया