चितुवासँग स्थानीय प्रशासन आजित

कैलाली, १ कात्तिक । बैतडी जिल्लामा चितुवाको आक्रमणबाट १४ जनाले वर्ष दिनमै ज्यान गुमाए पछि स्थानीय प्रशासनलाई टाउको दुःखाई भएको छ ।
स्थानीयमा समेत चितुवाको आक्रमण हुने आतंकले सताउने गरेको स्थानीयको भनाई छ । घाँस, दाउरा लिन जंगल जाने स्थानीयलाई आक्रमण गरेर ज्यानै लिन थाले पछि स्थानीय प्रशासनले चितुवालाई नियन्त्रणमा लिन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, वन्यजन्तु विशेषज्ञ खटिएको छ ।
यद्यपि सो टोलीले आक्रमणकारी चितुवालाई फेला पार्न नसकेको जिल्ला प्रहरी कार्यालय बैतडीका निमित्त प्रमुख निरीक्षक लालबहादुर साउदले जानकारी दिए ।
चितुवाले मंगलबार साँझ पुनः एक महिलालाई आक्रमण गरी मारे पछि जिल्लामा आतंक झनै फैलिएको छ । कञ्चनपुर घर भएकी २९ वर्षीया पार्वती चन्द दसैं मनाउन माइती गएका बेला चितुवाले आक्रमण गरेको हो ।
चन्दको मृत्युसँगै बैतडीमा बर्ष दिनमा चितुवाको आक्रमणबाट मर्नेको संख्या चौध पुगेको छ ।
चन्द माइतीघर आमचौर–८ मा दसैं मनाउन आएकी हुन् । घाँस काटेर फर्कने बेला साँझ एक्कासि चितुवाले झम्टेर आक्रमण गरेको थियो । एकवर्षदेखि तल्लोस्वाराडमा फैलिएको चितुवा आतंकले हालसम्म चौध जनाको ज्यान गइसकेको छ ।
एक साताअघिदेखि हतियारसहित नेपाली सेनाका ४५, कञ्चनपुरस्थित सशस्त्र प्रहरीको शैलेश्वरी गणबाट प्रहरी नायव उपरीक्षकको नेतृत्वमा ४५ तथा नेपाल प्रहरीबाट खट्टिएको टोलीले चितुवा खोजी गरे पनि फेला पार्न नसकेको प्रहरी भनाई छ ।
चितुवा आतंक बढेपछि वन विभागले शुक्लाफाँटा आरक्षबाट वन्यजन्तु विशेषज्ञ बेन्तीराम चौधरी र बर्दिया राष्ट्रिय निकुञ्जबाट सुमन मल्ललाई पनि पठाएको बैतडीका जिल्ला वन अधिकृत अमर बुलनले बताए । तस्विर गुगल

प्रतिक्रिया