दसैँको नाममा उपहार योजनाको बिगबिगी

नेपालगन्ज १ कात्तिक । दसैँ र तिहारलाई लक्षित गरी नेपालगन्जमा सवारीसाधन र इलेक्ट्रोनिक्स सामानमा उपहारको बिगबिगी देखिएको छ । उनीहरुले सामानमा छुट दिनेदेखि लाखौँ रुपियाँको बम्पर उपहार योजनामार्फत ग्राहकलाई आर्कषित गरिरहेका छन् ।
दसैँ र तिहारमा हरेक व्यक्तिले कुनै न कुनै नयाँ सामान किन्ने भएकाले व्यवसायीले यो मौकामा व्यवसाय फस्टाउने आस राखेका हुन्छन् । यही मौकालाई छोपेर व्यवसायीले हरेक वर्ष बम्पर उपहार योजना ल्याउने गरेका हुन् ।
कम्प्युटर तथा अन्य अत्याधुनिक इलेक्ट्रोनिक्स सामानको बिक्रेता नेपालगन्जको सेन्चुरी इन्फोटेकले ‘दसैँ धमाका’ योजना सञ्चालन गरिरहेको छ । सो योजनाअन्तर्गत ह्यासी कम्पनीको ल्यापटप किन्ने ग्राहकले एउटा माइक्रोल्यापटप पाउँछ ।
यस्तै, ल्यापटप किन्ने हरेक ग्राहकलाई त्यसमा प्रयोग हुने पाँच हजार मूल्य बराबरको अन्य सामग्री उपलब्ध गराइनेछ भने २२ इन्चको टेलिभिजन किन्दा एउटा बुफर नि:शुल्क पाइनेछ ।
‘गुणस्तरीय र उचित मूल्यमा सामान बिक्री गरेर सधैँ ग्राहकको मन जितेका छौँ ।’ सेन्चुरी इन्फोटेकका प्रमुख कार्यकारी अधिकृत सञ्जय थापाले भने, ‘ तर, पनि यसपटक दसैँ, तिहारमा सामान किन्न इच्छुक ग्राहकलाई केही सहुलियत दिऊँ भनेर बम्पर योजना ल्याएका हौँ ।’ योजना ल्याएपछि अहिले ग्राहकको भिड लागेको थापाको जिकिर छ ।
दसैँ र तिहारका लागि लाखौँको उपहार ल्याएर आउनेमा बजाज कम्पनीको मोटरसाइकल बिक्रेता नेपाल ट्ेरड च्यानल पनि पर्छ । उसले मुलुकभर सञ्चालित ‘बजाजतन्त्र’ अभियानलाई नेपालगन्जमा पनि तीव्रता दिएको छ । बजाज कम्पनीको मोटरसाइकल किन्दा लाखौँको उपहार पाइन्छ भने भोटिङ सिस्टमबाट विदेश भ्रमण, २० ग्राम सुन, ल्यापटपजस्ता उपहार पाइने नेपाल ट्ेरड च्यानलका प्रबन्धक पुष्पराज न्यौपानेले बताए ।
सो योजनाबाट आर्कषित ग्राहकको भिड अहिले अत्यधिक छ । न्यौपानेले भने, ‘अहिले दैनिक ३० जनाभन्दा बढी ग्राहक आइरहेका छन् ।’ त्यस्तै, दसैँ र तिहारलाई लक्षित गरी बम्पर उपहार ल्याउनेमा रत्नलक्ष्मी इन्टरनेसनल प्रालि पनि पर्छ । उसले विश्वको पहिलो डिजेल ट्रेक्टर निर्माता कम्पनी एसडिएफ ग्रुपद्वारा उत्पादित अग्रो लक्स तथा अग्रोम्याक्स मोडेलका प्रत्येक डचफार ट्रेक्टरको खरिदमा नगद छुट एक लाख ६० हजार तथा बम्पर उपहार स्वरूप प्रथम पुरस्कार मोटरसाइकल, दोस्रो पुरस्कार एक तोला सुन, तेस्रो पुरस्कार टेलिभिजनका साथै सान्त्वना पुस्कारहरू ग्राहकमाझ ल्याएको छ ।
दुई वर्षको वारेन्टी सर्वसुलभ स्पेयर पार्टसका साथै सयौँ विशेषताले भरिपूर्ण भएको यो ट्रयाक्टर किसानमाझ लोकप्रिय ट्रयाक्टर बनेको कम्पनीका प्रबन्ध निर्देशक प्रकाश अधिकारीले बताए । यसका साथै रत्नलक्ष्मी इन्टरनेसनलद्वारा बिक्रिवितरण भइरहेको सुजुकीका विभिन्न मोडेलका कार, महिन्द्रा जेनेरेटर, ह्याभी इक्विपमेन्ट सामानको खरिदमा पनि विशेष छुट प्रदान गरिने कम्पनीले जनाएको छ ।
त्यसैगरी, गौरीशंकर इन्टरप्राइजेजले विजया दशमी तथा दीपावलीका अवसरमा आफ्नो स्वरुमबाट बिक्री हुने टोयटा कम्पनीका हरेक सामानमा विशेष छुट दिइरहेको छ । त्यस्तै, भर्खरे खुलेको ‘काठमाडौं सु मार्ट’ले सबै प्रकारका स्वदेशी तथा विदेशी जुत्तामा विशेष छुट उपलब्ध गराएको छ ।

प्रतिक्रिया