‘नेपाली केटा नै मन पर्छ’

तपाईंले बोल्ने सबैभन्दा नराम्रो गाली के हो ?
कुकुर †

एक दिनका लागि रूप परिवर्तन गर्न पाए ?
ऐश्वर्या राय बच्चन बन्थेँ ।

सार्वजनिक स्थानमा चुरोट सेवन गरिरहँदा प्रहरीले पक्रिए ?
म चुरोट सेवन त गर्दिनँ । तर, त्यस्तो परिहालेछ भने अब आइन्दा गर्दिनँ भन्दै माफी माग्थे । माफी दिएनन् भने सजाय भोग्न तयार हुनुपरिहाल्यो ।

जस्टिन बिबरले प्रेमप्रस्ताव राखे ?
जस्टिन बिबरभन्दा मेरा लागि सांगीतिक करियर नै ठुलो हो । सिधै नो भनिदिन्थे । फेरि मलाई नेपाली केटा नै बढी मनपर्छ ।

दश वर्षसम्म पनि बिबरले कुरिराखे भने ?
एकोहोरो रोटी पाक्दैन भन्ने नेपाली उखान सुनाइदिन्छु । आफ्नो माया उनकै प्रेमिका सेलिना गोमेजतिर ढल्काउन अनुरोध गर्छु ।

रियल लाइफमा कुनै युवकलाई चुम्बन गर्नुभएको छ ?
छैन ।

जुनी फेर्न पाए के भएर जन्मने ?
फेरि पनि गायिका नै भएर जन्मन चाहन्छु ।

हलिउड चलचित्र स्पाइडर म्यानको नयाँ सिक्वेलमा खेल्ने अफर आए ?
सिधै नो भनिदिन्छु । मलाई नेपाली चलचित्रबाट पनि रिक्वेस्ट नआएको होइन । बरु हलिउड चलचित्रको गीतका लागि अफर आएचाहिँ राजी हुन्छु ।

विवाहपछि पतिले सेक्स सम्बन्ध राख्न नमाने ?
पहिला त कन्भिन्स गराउन खोज्छु । मान्दै नमाने उत्तम विकल्प त सोच्नै पर्‍यो नि । सेक्सविना जनावरको जीवन त सम्भव छैन । मानिस झन् सेक्सविहिन भएर कसरी बाँच्न सकिएला ।

प्रतिक्रिया