स्थानीयले लुटेरालाई प्रहरीमा बुझाए

सिन्धुपाल्चोक, २९ असोज । सिन्धुपाल्चोक मांखा गाविसका स्थानीय बासिन्दाले दुई जना लुटेरालाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका छन् ।
काठमाडौंबाट दशैँ मनाउन घर जाँदै गरेका मांखा–४ का ताराप्रसाद पराजुलीलाई गाविसको सेतीदेवी प्राथमिक विद्यालय नजिकै आइतबार राति साढे ७ बजे नियन्त्रणमा लिइ लुटपाट गरेको प्रहरीले जनाएको छ ।
कुटपिट गरेर लुटेराले नगद २१ हजार र १ थान मोबाइ सेट लुटेका थिए । लुटपाटमा संग्लन माङ्दाकै जीवन तामाङ र सोमबहादुर तामाङलाई स्थानीयहरुले प्रहरीलाई बुझाएका छन् ।
लुटपाटपछि घरमा बसी रहेका युवाहरुलाई स्थानीयबासिन्दाले चारैतिरबाट घेराहाली राति नै पक्राउ गरेर लामुसाँघुस्थित प्रहरी चौकीमा बुझाएको सेतीदेवी प्राविका शिक्षक ठाकुर प्रसाद आचार्यले जानकारी दिए । लुटेरको कुटाइबाट पराजुली घाइते भएका छन् ।

प्रतिक्रिया