बेल्जियम । एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले पहिचान सहितको संघीयतामा आफूहरुले कदापि सम्झौता नगर्ने दोहराएका छन् । उनले जातीय राजनीति भन्दा पनि जातजातिको उत्थानका लागि आफू लागेको बताए ।
बेल्जियममा आइतबार नेपाली जनप्रगतिशील मञ्चको दशौं अधिवेशनमा उनले आफूहरुले जातीय राजनीति नगरेको दाबी गरे । उनले भने, ‘पहिचान सहितको संघीयता भनेका छौं, संघीयतामा एमाओवादीले सम्झौता गर्दैन ।’
संविधानसभा संसदजस्तो सरकार बनाउने र गिराउने खेलका लागि प्रयोग भएको बताएका उनले सत्ता राजनीतिका कारण नयाँ संविधान बन्न नसकेको दाबी गरे ।
उनले १२ बुदेँ समझदारीको भावना अनुसार संविधान बनाउने सवालमा सबै दल चुको बताए । उनले भने, ‘संविधान बनाउन राजनीतिक दलहरु चुकेका छन्, अब शिक्षा लिदैं सहमतिमा संविधान बनाउनु पर्छ ।’
‘नेतालाई जती गाली गर्यो त्यति लोकतन्त्र कमजोर हुँन्छ,’ उनले भने, ‘हिजोका सामान्ती लुटेरा निरकुंशवादीहरुले के ठानेका छन् भने, पार्टीहरुमा झगडा भएको भैराखोस नेताहरुमा कलह भैरहोस, नेताहरु नमिल्नु भन्ने चाहन्छन् ।’
एमाओवादीका कारणले संघीयता सहितको संविधान नआएको भन्ने आरोप रहेको दाहालले खण्डन गरे ।
प्रतिक्रिया