बाटो बिग्रिएपछि च्यांग्रा अभाव

ताप्लेजुङ : पहिरोले पदमार्ग बिग्रिएपछि यस वर्षको दसैँ तथा तिहारमा ताप्लेजुङ सदरमुकाममा भेडाच्यांग्रा आयात नहुने भएको छ । सुकेपानीभन्दा माथि भत्किएको काठेपुल स्थायी रूपमा नबनेपछि च्यांग्रा ल्याउन नसकिएको हो ।
तिब्बती मार्ग हुँदै सदरमुकाम ल्याइने बाटो भत्किएका कारण च्यांग्रा ल्याउन नसकिएको व्यापारी दावानुपु लामाले बताए । यसअघि व्यापारीले तिब्बतबाट ल्याएका भेडाच्यांग्रा सदरमुकामबाहेक छिमेकी जिल्ला पाँचथर र तेह्रथुमसम्म लैजाने गर्थे । पदमार्ग अवरुद्ध भएपछि वैकल्पिक मार्गका रूपमा घुन्साबाट ढासा हुँदै पाँच दिन लगाएर ओलाङचुङगोला झार्नुपर्ने हुन्छ । पाँच दिन लामो बाटोबाट ल्याउँदा नाफा नहुने भएपछि व्यापारीले यस वर्ष च्यांग्रा नल्याउने भएका हुन् । (सौस)

प्रतिक्रिया