संघमा विश्वकर्मा निर्बिरोध

गुल्मी, २८ असोज । एमाले निकट युवा संघ नेपाल गुल्मीमा कृष्ण विश्वकर्मा सर्वसम्मत अध्यक्षमा चयन भएका छन् ।
तम्घासमा आज सम्पन्न आठौं अधिबेशनले विश्वकर्माको नेतृत्वमा ३५ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको हो ।
उपाध्यक्षमा मोहनप्रसाद पाण्डे, सचिवमा निरञ्जन काउछा, सह–सचिव रामलाल विक र कोषाध्यक्षमा बसन्त खप्तडी चयन भएका छन् ।
युथफोर्स जिल्ला प्रमुखमा भने मनोज काउछा चयन भएका छन् । सौर्य

प्रतिक्रिया