सेयर घट्ने क्रम जारी

काठमाडौ, २८ असोज । नेप्से परिसूचक घट्ने क्रम जारी छ । अघिल्लो साता नेप्से घटेको थियो भने गत साता पनि नेप्सेमा गिरावट आएको छ ।
साताको पहिलो दिनको तुलनामा नेप्से ३ दशमलव ४७ अंकले ह्रास आई अन्तिम दिन ४ सय २४ दशमलव ४४ अंकमा पुगेको छ । गत साता स्टक एक्सचेन्जमा १ सय ३६ कम्पनीको कारोबार भएको छ । जसमा ६ हजार ५ सय २२ कारोबारबाट ४३ करोड ३५ लाख ८ हजार रुपियाँ बराबरका २३ लाख ६० हजार ५ सय ७१ कित्ता सेयर खरिद–बिक्री भएका छन् । गत साता १ सय २४ कम्पनीको कारोबार भएको छ । जसमा ६ हजार २ सय ५४ कारोबारबाट ३० करोड २४ लाख ५ हजार रुपियाँ बराबरका १० लाख ६२ हजार ७ सय ५६ कित्ता सेयर खरिद–बिक्री भएको थियो । कारोबार रकममा गत साताको तुलनामा ४३ दशमलव ३५ प्रतिशतले वृद्धि भएको हो । कुल कारोबारमध्ये ‘क’ वर्गका कम्पनीको मात्र १४ करोड ४२ लाख रुपियाँ बराबरको कारोबार भएको छ । यो कुल कारोबारको ३३ दशमलव २८ प्रतिशत हो ।
गत साता वाणिज्य बंैक समूहको परिसूचकमा खासै परिवर्तन आएन । उत्पादनमूलक समूहको सूचकांकमा ७ दशमलव ७८, अन्य समूहको १६ दशमलव ४४, बिमाको ३ दशमलव ६५ ले गिरावट आएको छ । त्यसैगरी, होटल समूहको सूचकांकमा भने १९ दशमलव ५५, वित्तमा १ दशमलव ४७ ले बढेको छ । ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा ०.८८ अंकले ह्रास भई १ सय ७ दशमलव ६७ अंकमा झरेको छ ।
यस साता कारोबार रकममा ११ करोड ७१ लाख रुपियाँका आधारमा माछापुच्छ्ेर बैंक अग्रस्थानमा छ । त्यसैगरी, सेयर कित्ताका आधारमा ११ लाख ४४ हजार ५ सय कित्ता कारोबार भई माछापुच्छ्ेर नै अगाडि छ । कारोबार संख्याका आधारमा ४ सय ७ वटा कारोबार भई गुराँस लाइफ इन्स्योरेन्स कम्पनी अग्रस्थानमा छ । साताको उत्कृष्ट पाँच कम्पनीमा माछापुच्छ्रे बंैक, एभरेस्ट बैंक, नेपाल दूरसञ्चार कम्पनी, अरुण भ्याली हाइड्रो पावर र चिलिमे हाइड्रोपावर कम्पनी
रहेका छन् ।
गत साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कारोबार भएन । सूचीकरणतर्फ गत साता सगरमाथा मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स, मेट्रो डेभलपमेन्ट बैंक, प्यासिफिक विकास बंैक र पश्चिमाञ्चल ग्रामीण विकास बंैक रहेका छन् ।

प्रतिक्रिया