वीरगञ्जमा करिव छ लाख रुपियाँ लुटपाट

पर्सा, २६ असोज । वीरगञ्ज उपमहानगरपालिका–१० स्थित माछापुच्छ्रे बैंक नजिकैबाट करिव छ लाख रुपियाँ लुटपाट भएको छ ।
वीरगञ्ज बस्ने मोहनकुमार मिश्रले आज विहान बैंकबाट रकम लिएर निष्कदै गर्दा दुई जना अज्ञात व्यक्तिले रकम लुटपाट गरेर भागेको प्रहरीले जनाएको छ ।
मिश्रले माछापुछ्रे बैंकबाट ५ लाख ८४ हजार ५ सय रुपियाँ लिएर गन्तव्य तर्फ जाँदै थिए । लुटेराको खोजतलास जारी रहेको प्रहरी भनाई छ ।

प्रतिक्रिया