‘मरिसकेको संविधानसभा बोक्न सकिदैन’

काठमाडौं, २६ असोज । एमाले उपाध्यक्ष विद्यादेवी भण्डारीले संविधानसभा पुनःस्थापना गर्न नहुने भन्दै त्यसलाई मरेको सिनोसँग तुलना गरेकी छन् ।
‘महादेवले सतिदेवीको शवलाई बोके जस्तै अब मरिसकेको संविधानसभालाई बोक्न सकिदैन,’ उनले भनिन् । काठमाडौंमा आज आयोजित कार्यक्रममा उनले संविधानसभा ब्यूताउने कुराले देशलाई अनिर्णयको बन्दी बनाउने दाबी गरिन् ।
‘संविधानसभा पुनःस्थापनाको अभियान भाईरल ज्वरो जस्तै हो,’ उपाध्यक्ष भण्डारीले भनिन्, ‘प्रजातान्त्रिक मूल्य र मान्यतामाथि कुठाराघात गर्ने चालका रुपमा पुनःस्थापनालाई बुझेको छु ।’
उनले संविधानसभा ब्यूँताए त्यसले मुलुकलाई पछि धकेल्ने दाबी गरिन् । उपाध्यक्ष भण्डारीले मुलुकलाई निकास दिन निर्वाचन मात्र अहिले एक विकल्प रहेको बताईन ।

प्रतिक्रिया