एमाओवादी र कांग्रेसबीच सिन्धुलीमा झडप

सिन्धुली, २५ असोज । सत्तारुढ एकीकृत माओवादी र विपक्षी दल कांग्रेसका कार्यकर्ताबीच आज भएको झडपका कारण सिन्धुलीमाढी तनावग्रस्त भएको छ । झडपमा केही घाईते समेत भएका छन् ।
मरिण क्षेत्रको मथौली भन्ने स्थानमा कांग्रेस महासमिति सदस्य नवराज श्रेष्ठलगायतको समूहमाथि एमाओवादीको सहायक संगठन वाइसियलका कार्यकर्ताले कुटपिट गरेर घाइते बनाए पछि स्थिति तनाव पूर्ण बनेको हो ।
कांग्रेस कार्यकर्ताले एमाओवादीका जिल्ला सह–इन्चार्ज राजन दाहाललाई पनि कुटपिट गरेका छन् ।
वाईसियलको कुटपिटबाट कांग्रेसका नवराज श्रेष्ठ, कान्छाराम तामाङलगायत केही गम्भीर घाइते भएका छन् । उनीहरुलाई वाईसियलका कार्यकर्ताले अपहरण समेत गरेको कांग्रेस जिल्ला सभापति मोहन बरालले जानकारी दिए ।
सिन्धुलीमाढीमा भएको झडपमा कांग्रेससहित दुई वाइसियल र एक प्रहरी पनि घाइते भएका छन् ।
उता, कांग्रेसले आज विज्ञप्ति जारी गरेर सिन्धुलीमा भएको घटनाको विरोध गर्दै दोषी एमाओवादीका कार्यकर्तालाई कारबाहीको माग गरेको छ । उसले वाईसियलद्वारा अपहरित आफ्ना नेता तथा कार्यकर्ताको शकुसल रिहाईको माग समेत गरेको छ ।

प्रतिक्रिया