कुटपिटबाट पतिको मृत्यु/पत्नी घाइते

धादिङ, २३ असोज । धादिङ जिल्लाको तिप्लङ गाविसमा अज्ञात समूहले एक जना बृद्धाको हत्या गरेको छ भने एक जना लाई गम्भीर घाईते बनाएका छन् ।
तिप्लिङ–९ घर भई तिप्लिङ–८, पुरुस्थित गोठमा बस्ने ५५ बर्षीय धनबहादुर घलेको कुटपिटबाट मृत्यु भएको छ । उनकी ५४ बर्षीया पत्नी मरुमाया तामाङ गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
उनीहरुलाई आज विहान २ बजे अपरिचित व्यक्तिहरुले कुटपिट गर्नुको साथै सुनका गहनासमेत लुटेर लगेका छन् । घाइते मरुमाया तामाङ्गलाई उपचारका लागि स्थानीय अस्पताल भर्ना गरिएको छ ।

प्रतिक्रिया