मोर्चा बन्दी भन्दा सहमति गरौः नेम्वाङ

नुवाकोट, २३ असोज । पूर्व सभामुख सुभासचन्द्र नेम्वाङले राजनीतिक संकटको अवस्थामा दलहरु मोर्चाबन्दीमा भन्दा सहमतिमा आउनु जरुरी रहेको वताएका छन् ।
नुवाकोटको सदरमुकाम विदुरमा आज आयोजित कार्यक्रममा उनले आन्दोलनहरुका उपलव्धी संस्थागत गर्न दलहरु मिल्नुको बिकल्प नरहेको उल्लेख गरे । उनले भने, ‘संविधानसभा पुनःस्थापना वा नयाँ निर्वाचनमा जाने जुन निर्णय गरे पनि छिटो गर्नु पर्छ ।’
उनले देशमा राजनीतिक र संवैधानिक शुन्यता छाउँदै गएकोमा चिन्ता ब्यक्त गरे ।
‘केही महिना भित्रमा नै सर्वोच्च अदालत र निर्वाचन आयोग रिक्त हुँदै छ,’ उनले भने, ‘देशमा संवैधानिक शुन्यताको अवस्था आउन दिनु हुँदैन ।’
घुमाउरो भाषामा संविधानसभा पुनःस्थापना गर्नुपर्ने बताएका उनले दलहरुलाई उपयुक्त निर्णय गर्न सुझाव दिए ।

प्रतिक्रिया